पोखरामा खुल्ला फुटसल प्रतियोगिता हुँदै,उपाधि राशी १ लाख ७० हजार

पाेखरा | असार २२, २०८२

पोखरामा खुल्ला फुटसल प्रतियोगिता हुँदै,उपाधि राशी १ लाख ७० हजार

पोखरा:   बक्स पोखराको आयोजनामा यही असार २७, २८ र २९ गते पोखरा रंगशालामा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । बक्स पोखराले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । 


बक्स पोखराका उपाध्यक्ष चुमान गुरुङले प्रतियोगिताको तयारी तिव्र पारिएको बताए ।  ‘खेलकुद युवाको शक्ति हो हो भन्ने नाराका साथ खुल्ला फुटसल प्रतियोगिता आयोजना गरेका छौं, उपाध्यक्ष चुमानले भने, ‘ तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा २५ देखि ३० समूहको सहभागिता हुने अनुुमान गरेका छौं । ’


उनका अनुसार प्रतियोगिताको विजेताले १ लाख ७० हजार रुपैयाँ,उपविजेताले १ लाख रुपैयाँ ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीले ७ हजार ट्रफि मेडल र प्रमाणपत्र, उदीयमान खेलाडी, उच्च गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई ६ हजार बराबरको १ महिने सदस्यता प्रदान गरिने छ ।

 

प्रतियोगितामा सहभागिताका लागि एक समूहलाई  नौ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । 


युवाको प्रतिभा उजागर गर्ने, स्थानीय र राष्ट्रिय खेलाडीबिच सम्पर्क तथा सम्बन्ध स्थापित गर्ने उद्देश्य रहेको बक्स पोखराका उपाध्यक्ष चुमान गुरुङले बताए । प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा योगदान पुग्ने उनको भनाइ छ ।


प्रतियोगितालाई निरन्तरता दिइने आयोजकको भनाइ छ । बक्स पोखराले आएको छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्